स्याङ्जाको बद्खोलामा टीभीएसको नयाँ सोरुम

काठमाडौं । नेपालमा टीभीएस टू ह्विलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङ्जाको बद्खोलामा पूर्ण सुविधासहितको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ सोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ सोरुममा बोल्दै बतास इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैँ प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ ।

टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए । जगदम्बा मोटर्स प्रा.लि. टीभीएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ वितरण सञ्जालमार्फत जगदम्बाले सेवा दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री