१ लाख ३० हजार म्यादी भर्नाको तयारीमा नेपाल प्रहरी

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा भन्दा संघ र प्रदेशको निर्वाचनमा बढी सुरक्षाकर्मी चाहिने भएको छ । नेपाल प्रहरीले वैशाख ३० मा भएको स्थानीय तहमा भन्दा संघ र प्रदेशको निर्वाचनमा बढी सुरक्षाकर्मी चाहिने जनाएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले कार्यभार सम्हालेको एक सय दिनका अवसरमा गरेको पत्रकार सम्मेलनमा आगामी चुनावमा बढी सुरक्षाकर्मी आवश्यक पर्ने बताएका हुन् ।

स्थानीय तहमा एक लाखजना म्यादी प्रहरी भर्ना गरिएको थियो । संघ र प्रदेशको निर्वाचनमा एक लाख ३० हजार म्यादी भर्ना गर्नुपर्ने प्रस्ताव प्रहरीले गर्ने भएको छ । यस्तै निर्वाचनका लागि नेपाल प्रहरीले ७ सय बढी सवारी साधान खरिद गर्न पनि प्रस्ताव गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनमा मतपेटिका एक ठाउँमा मात्रै हुन्थ्योु, उनले भने, ‘संघ र प्रदेशको निर्वाचनमा हरेक मतदान केन्द्रमा दुई ठाउँ मतपेटिका राख्नु पर्ने भएकाले थप सुरक्षाकर्मी आवश्यक पर्छ ।’

निर्वाचनका लागि आवश्यक जनशक्ति र गाडी, घोडा लगायत सामाग्री माग गर्न प्रस्ताव तयार भइसकेको उनले बताए । प्रहरीले स्थानीय तहमाभन्दा बढी म्यादी भर्ना गर्नुपर्ने प्रस्ताव सरकारसमक्ष गर्ने भएको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा पनि सवारीसाधान खरिद प्रस्ताव तयारी प्रहरीले गरेको थियो । तर, सरकारले प्रहरीले मागेअनुसारको बजेट दिन नसक्ने बताएपछि सवारीसधान घटाइएको थियो ।

म्यादी प्रहरी भने ४० दिनकै लागि भर्ना गरिने भएको छ । स्थानीय तह निर्वाचनमा पनि ४० दिनका लागि भर्ना गरिएको थियो । म्यादीले सुविधा पनि स्थानीय तहको निर्वाचनजति नै पाउने भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस