ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा एमालेले केपी ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । संघ र प्रदेशको चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा,विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल सदस्य रहेका छन् ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो । समितिमा केन्द्रीय कमिटीका सबै सदस्यहरु सदस्यका रुपमा रहनेछन्।

यस्तै, सचिवलाय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । भदौ ९ गते पोलिटब्युरो बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नाबालिकालाई यौन कार्यमा लगाउने दुई महिला पक्राउ

काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ परेका छन् …

प्रतिकृया दिनुहॊस