एक्लाएक्लै लडे एमालेले २ तिहाई ल्याउँछ : नेता अधिकारी

काठमाडौँ । नेकपा (एमाले) का नेता खगराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाइ बहुमत ल्याउने बताएका छन् ।

रिपोटर्स क्लव नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता अधिकारीले काँग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको र यदि दलहरू एक्लाएक्लै लडे एमालेले दुई तिहाइ बहुमत ल्याउने बताएका छन् ।

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिए । वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौती खडा भएको, सार्कलाई रिभाईभ गर्न नसकेको लगायतका आरोप लगाउँदै अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकता विधेयकको बारेमा आफ्नो निर्णय लिने पनि उनले बताए ।

साक्षात्कारमा कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने दावी गरे । एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको उनको भनाई छ । यादवले नागरिकता विधेयक पास दुवै सदनबाट भैसकेको र प्रमाणीकरणको लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे ।

यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा तीन वर्षसम्म यसअघिको ओली सरकारले गर्न नसकेको काम गरेको जिकिर गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस