निर्वाचन तयारीका लागि एमाले सचिवालय बैठक

काठमाडौँ । निर्वाचन तयारीका लागि नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । एमालेले आगामी ४ मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजे बस्ने बैठकमा निर्वाचनको तयारीका विषयमा केन्द्रीत रहेर छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्टले जानकारी दिए । बैठकबाट निर्वाचन तयारीसम्बन्धी प्रस्ताव र प्रारम्भिक रणनीति तय गरी स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस