उपत्यकामा एकैदिन २,७४१ सवारी चालकमाथि कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन दुई हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना चालक छन् ।

बाँकी दुई हजार ३२६ जना चालकलाई भने अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री