नारायणीले बगाउँदा गैंडाको मृत्यु

काठमाडाैँ ।  चितवनमा नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ ।

भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ । मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । गैंडा मरेको विषयमा निकुञ्जले सार्वजनिक जानकारी भने गराएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री