संसदबाट तथ्याङ्क विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्याङ्क विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो ।

तथ्याङ्क उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय, व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन, स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथ्याङ्कसम्बन्धी कानुनलाई थप संशोधन गर्न र एकीकरण गर्न

आवश्यक भएको सो ऐन संसदले बनाएको हो ।
सो विधेयकमाथि संशोधन प्रताव राखेका सांसद प्रेम सुवाल र विद्या भट्टराई आफ्नो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निणर्यार्थ प्रस्तुत गर्दा बहुमत सांसदले अस्वीकृत गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस