गगनको अध्यक्षतामा बस्यो कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसकाे पदाधिकारी बैठक महामन्त्री गगनकुमार थापाकाे अध्यक्षतामा बसेकाे छ । कांग्रेस सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक थापाको अध्यक्षतामा बसेको हाे ।

स्थानीय तहमा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको हाे ।

बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस