सिभिल बैंकले गर्‍याे २९ साझेदारसँग ‘विशेष छुट’को सम्झौता

काठमाडौं । सिभिल बैंकले विभिन्न साझेदारहरूसँग विशेष छुटकाे लागि सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकका लागि विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउन २९ वटा साझेदारहरूमार्फत छुटको लागि सम्झौता गरेको हो ।

ग्राहकहरूले विशेष छुट अन्र्तगत न्यूनतम ५ प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । उक्त साझेदारहरूबाट विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोबाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ ।

बैंकले अहिलेसम्म विभिन्न ६९ साझेदारहरूसँग ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ । आगामी दिनहरूमा यसको परिधि बढाइ अन्य संघ संस्थाहरूसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस