बैंकहरूले ब्याजदर नबढाउने

काठमाडौँ । बैंकहरुले तत्कालका लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै व्याजदर खुकुलो बनाउने नीति लिएको भए पनि बैंकहरुले भने तत्कालका लागि ब्याजदर नबढाउने निर्णय लिएका हुन् ।

शुक्रबार बसेको बैंकर्स संघको बैठकले यसअघिको ११.३ प्रतिशत ब्याज नै कायम राख्ने निर्णय गरेका हुन् । फागुनदेखि नै बैंकहरुले यो ब्याजदर कायम गरेका हुन् । तर, बैंकहरुले संस्थागततर्फको व्याजदरभने १०.०३ प्रतिशत लिँदै आएकोमा त्यसलाई घटाएर ९.०३ प्रतिशत बनाउने निर्णय गरेका छन् ।

राष्ट्र बैंकले स्थायी तरलता दर पनि ८.५ प्रतिशत र रिपो दर ७ प्रतिशत पु¥याएको छ । पहिला ३ प्रतिशत रहेको अनिवार्य तरलता अनुपातअब ४ प्रतिशत पु¥याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस