राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड

काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८-७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो ।

आ.व. २०७८-७९ को बैंकको खुद ब्याज आम्दानी रु. ९ अर्ब ६७ करोड (गत वर्ष रु. ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु. ११ अर्ब २७ करोड (गत वर्ष रु. ९ अर्ब ७६ करोड), संचालन नाफा रु. ७ अर्ब १ करोड (गत वर्ष रु. ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु. ३ अर्ब ८ करोड (गत वर्ष रु. ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस