काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) लाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. प्याकुरेललाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्र्पतिको कार्यालयले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया



