फाइल फोटो

पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ६००२ जनामा परीक्षण गर्दा ९१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ३०९१ नमुनाको पीसीआर परीक्षण गर्दा ५९० जनामा र २९११ नमुनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमित निको भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after