काठमाडाैं । सानिमा बैंकले आफना ग्राहकहरुलाई नो डेटा नो प्रब्लम योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डेटा उपलब्ध गराउने भएको छ ।
यो योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डेटा पाउँछन् ।
मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिलभुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डेटा प्रयोग गर्न पाउनेछन्। यो योजना १ अगष्ट, २०२२ देखि लागू हुनेछ ।
सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहनगर्न यो सेवा ल्याएको हो । सानिमा बैंकका देशभर १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा छन् ।
तपाईंको प्रतिकृया




