काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र एक हजार दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ऋणपत्र निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न महालक्ष्मी विकास बैंक र एनआईसी एशिया लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने बैंकले जनाएको छ ।
उक्त ऋणपत्रमध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।
तपाईंको प्रतिकृया




