प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार १: १ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् ।

सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ ।

अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस