एकान्तकुनामा टिपरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

काठमाडौँ । ललितपुरको एकान्तकुनामा टिपरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते छन् ।

गएराति करिब ९ बजे एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टरअगाडि सडकछेउमा रोकिराखेको बा३ख ५७७ नम्बरको मिनि टिपरमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको गोदावरी नगरपालिका-१२, ठेचो बस्दै आएका अन्दाजी २३ वर्षीय ठगिन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडि सवार ललितपुरकै महालक्ष्मी नगरपालिका-१४, रानीबु बस्ने अन्दाजी ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् ।

दुवै सवारीसाधन र टिपर चालकलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री