तनहुँको व्यास नगरपालिकामा बालुवा बोकेको ट्रक पल्टियो, राजमार्ग अवरुद्ध

काठमाडाैँ । तनहुँको व्यास नगरपालिकामा बालुवा बोकेको ट्रक राजमार्गमा पल्टिंदा राजमार्ग नै अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तरगत तनहुँको व्यास नगरपालिका-१२ स्थित छिर्कन नजिक बुधबार बिहान ट्रक पल्टिएको हो ।

ग १ ख ४७९२ नम्बरको ट्रकमा रहेको बालुवा राजमार्गभरि छरिएको छ । बालुवासहितको ट्रक सडकमा तेर्सो परेको हुनाले राजमार्ग अवरुद्ध भएको र सवारीसाधान चल्न नसकेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री