राधी विद्युतलाई सेयर बिक्री गर्न अनुमति

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब एक अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री