रामेछापको खिम्तीखोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले होसियारी अपनाउन भनिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री