पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडाैँ । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका-११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री