अब कैदीबन्दीलाई विहे र प्रजनन् अधिकार

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो ।

प्रतिनिधिसभाका सदस्यलाई सो विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै, सोही सालको माघ २९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो । विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफावार छलफल भएको थियो ।

प्रतिनिधिसभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो । सरोकारवालाले बन्दीको अधिकार स्थापित हुने गरी कारागारसम्बन्धी कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरूले क्रान्तिकारी कदमको संज्ञा दिएका छन् । उनीहरूले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन् ।

नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको संरक्षण गरेको छ । कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा प्रजनन अधिकार संरक्षणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रावधान छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री