कोरोनाबाट एकैदिन दुईको मृत्यु, ३४७ संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । ३,८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री