काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिए । साथै, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदी प्रति तोला १ हजार १५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो । शुक्रबार चाँदीको प्रति तोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
तपाईंको प्रतिकृया




