उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन दुई हजार २८२ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइट मा सवारी साधन चलाउने ८५ जना रहेका छन् ।

यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारबाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री