हाम्रो काँधमा अनेक चुनौती छन् तर, आत्तिनु पर्ने कारण छैन : नेपाल

काठमाडौँ । सत्तारुढ नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको बताएका छन् । नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए । ‘अहिले हाम्रो काँधमा अनेक चुनौतीहरू छन् आत्तिनु पर्ने कुनै कारण छैन,’ अध्यक्ष नेपालले भने, ‘नेपालको इतिहासका पानाहरू निर्माण गरेका छौँ । हामीले इतिहासमा कीर्तिमान बनाएका छौँ । पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौँ’ ।

एकीकृत समाजवादी देश र जनताको निमित्त केन्द्रित हुने उनको भनाई छ । ‘हामी अरू भन्दा भिन्न रूपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ,’ नेपालले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री