दुई दिनदेखि हराइरहेकी चार वर्षीया बालिका मृत फेला

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैँ । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी एक चार वर्षीया बालिका मृत्त फेला परेकी छन् । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि हराइरहेकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गरी शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानमा असर पर्न सक्ने भएकोले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ ।

दुवै जनाले घटनामा आफूहरुको संलग्नता अस्वीकार गर्दै बालिकाको लडेर मृत्यु भएको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले भने, ‘गालामा चोट देखिन्छ । लाश जाँच मुचुल्का भइरहेको छ’, उनले भने, ‘शव पोष्टमार्टमका लागि पठाउँछौं, रिपोर्ट आएपछि हत्या हो वा अन्य कारणले मृत्यु भएको यकिन गर्न सकिन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप