काठमाडाैं । नागरिकता विधेयक संसद्बाट पारित भएकाे छ । पाँचदलीय गठबन्धनसम्बद्ध दलहरूबीच सहमति बनेसँगै विधेयक पारित भएकाे हाे ।
गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पहिलो संशोधनलाई पारित गरियोस् भनेर संसद्मा पेस गरेकाे विधेयक संसद्बाट बहुमतले पारित भएकाे हाे ।
यसअघि सांसदहरूले विधेयकमाथि आ-आफ्नाे धारणा राखेका थिए । यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गरेकाे हाे । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने विधेयककाे विपक्षमा छ । विधेयकमाथि ३१ वटा संशाेधन परेकाे थियाे ।
तपाईंको प्रतिकृया




