मौद्रिक नीति : घर-जग्गा कर्जामा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घर जग्गा कर्जामा कडाइ गरेको छ । घर जग्गामा जाने कर्जालाई नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैंकले कडाइ गरेको हो ।

जसअनुसार अब घरजग्गा धितो राखेर ऋण लिनेले काठमाडौं उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र काठमाडौं उपत्यका बाहिर ४० प्रतिशतसम्म मात्रै ऋण पाउने छन् । हालसम्म काठमाडौं उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । भ्यालूएटरले चलनचल्ती र सरकारी मूल्यांकनलाई आधार बनाएर निकाल्ने कुल मूल्यबाट सो बराबरको ऋण पाइनेछ ।

मौद्रिक नीतिको ९६ नम्बर बुँदामा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कजा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस