सेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडाैं । नयाँ आर्थिक वर्षको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से सूचक १.९३ अंकले बढेको छ । यससँगै सूचक २०११.३९ विन्दुमा आएको छ ।

आज कारोबार अवधिभर नेप्सेमा उतरचढाव जारी रह्यो । आज सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ।

नेप्से उकालो लागेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। गत शुक्रबार १ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २१० स्टकको २५ हजार ९२४ पटकको कारोबारमा १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ३० लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज हिमालयन डिष्टिलरी, अरुण काबेली पावर र एनआईसी एशियाको साढे ४ करोड बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस