युक्रेनको विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त

एजेन्सी । युक्रेनको कार्गो विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त भएको छ । युक्रेन एयरलाइन्सद्वारा सञ्चालित एन्टोनोभ कार्गो विमान शनिबार उत्तरी ग्रीसको काभाला शहर नजिक दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय बासिन्दाले दुर्घटना पछि दुई घण्टासम्म आगोको मुस्लो देखेको र विष्फोटको आवाज सुनेको बताएका छन् । एएन-१२ शोभियत-निर्मित टर्बोप्रप विमान सर्बियाबाट जोर्डन जाँदै थियो ।

ग्रीक मिडियाले विमानमा आठ जना सवार रहेको र त्यसमा १२ टन ‘खतरनाक सामग्री’ धेरैजसो विष्फोटक पदार्थ रहेको जनाएको छ । तर स्थानीय अधिकारीहरूले कार्गोको बारेमा खास जानकारी नभएको, जहाजमा कति जना थिए र विमानले के बोकेको थियो भनेर यकिन भइनसकेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस