गायक यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीवट गर्दै उनले लेखेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचनापछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गरेका थिए । यसको पनि अहिले आलोचना भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री