काठमाडाैँ । गोरखा सदरमुकामस्थित खोलखोलेमा एक युवक मृत फेला परेका छन् । गोरखा नगरपालिका -८ आलेगाऊका २४ वर्षीय अनिश आलेमगर बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
नगरपालिकास्थित खोलखोलेमा सडकको नालीभित्र झाडीले छोपिएको अवस्थामा युवकको शव भेटिएको एसपी केदार खनालले बताए । बिहान ७ बजेर ३० मिनेटको समयमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको कानमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको खनालले बताए ।
घटनाको अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएको उनले बताए । सिसिटिभी फुटेज लगायतलाई आधार मानेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
तपाईंको प्रतिकृया




