काठमाडाैं । घाँटीमा लगाएको सुनको सिक्री थुती भागेको आरोपमा एक जनालाई प्रहरीले झापाको मेचीनगर नगरपालिका १० धुलाबारी बजारबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० वर्षीय नीरज राय रहेका छन् । रायले हिजो बेलुका बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० वर्षीय गीता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईंको प्रतिकृया




