काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनमा भएको अन्तरघात छानबिनका लागि समिति गठन गरेको छ ।
आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार तीन सदस्यीय समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले अन्तरघातबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।
तपाईंको प्रतिकृया




