जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, तत्काल अस्पताल लगियो

काठमाडाैँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापान टाइम्सका अनुसार शुक्रवार नारा शहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको हाे ।

गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको छ । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री