काठमाडौं । हवाई इन्धनको भाउ बढेसँगै फेरि हवाई भाडा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो ।
योसँगै काठमाडौं-सिमरा हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडानतर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४,२०४ पुगेको छ । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो ।
हेर्नुस् नयाँ हवाइ भाडादर
तपाईंको प्रतिकृया




