मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु

काठमाडाैं । आफ्नै घरकाे ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।

ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

घटनालगतै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेमाथि गहिरो अनुसन्धान : अरू जिल्ला पनि पुर्‍याउन सक्ने

काठमाडौं । कास्की प्रहरीले सहकारी रकम अपचलनमा संलग्नताको आरोपमा हिरासतमा लिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक रवि लामिछानेमाथि गम्भीर अनुसन्धान भइरहेको छ । सहकारी संस्थाहरूबाट मिडिया नेटवर्कमा ठूलो मात्रामा बचतको अपचलन भएको आशङ्कामा उनलाई पोखरा लगिएको हो ।

प्रतिकृया दिनुहॊस