अर्थमन्त्री प्रकरण: बिदामा बसे अर्थसचिव मरासिनी

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माण र सिसिटिभी फुटेज प्रकरणमा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

सचिव मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई बुधबार बिहान भेटेर बिदामा बस्ने जानकारी दिएको बताइएको छ ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज हटाइएको आरोप लागेको छ ।

अर्थमन्त्री शर्मामाथि राजीनामाको दबाब बढिरहेका बेला सचिव मरासिनी बिदामा बसेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाका दुई उपसभापतिसहित ९ नेतालाई पक्राउ गर्न माग गर्दै जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित नौं …

प्रतिकृया दिनुहॊस