काठमाडाैँ । प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने भएको छ । संसदीय समितिका ३४ वटा बैठकमा छलफल भएर संसद्बाट पारित हुने चरणमा पुगेको विधेयकलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो ।
फिर्तालगत्तै नागरिकतासम्बन्धी अर्को विधेयक दर्ता गर्ने सरकारको तयारी छ । सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक फिर्ताको प्रस्ताव लैजाने सम्भावना छ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नुपर्ने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन सत्तारूढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । नागरिकतासम्बन्धी विधेयक संसद्मा २०७५ साउन ४ मा दर्ता गरिएको थियो ।
मन्त्रिपरिषदको बैठकले विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको हाे । संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको बताइन्छ । प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।




