थप ९० जनामा कोरोना संक्रमण, ४०१ जना आइसाेलेसनमा

काठमाडौँ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ४४ पिसिआर परीक्षणका क्रममा ७३ जना र १ हजार १ सय ६८ एन्टीजेन परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ४ सय १ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री