चल्दै गरेको स्कारपियोमा आगो लाग्दा…

काठमाडाैं । डडेलधुरामा चल्दै गरेको एक स्कारपियोमा आगलागी भएको छ । धनगढीबाट डडेलधुरातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००५८ नम्बरको स्कारपियोमा मंगलबार बिहान आगलागी भएको हो ।

भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको हगुल्टे भन्ने ठाउँमा गाडीमा आगलागी भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । टार सर्ट भएर गाडीमा आगलागी भएको बताइएको छ ।

आगलागीबाट स्कारपियो पूर्णरूपमा जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री