काठमाडाैं । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा ९ जना र ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालका अनुसार मृतकको पहिचान भइसकेको छैन । दुर्घटनामा घाइते भएका २१ जनाको काभ्रेमा उपचार भइरहेको छ ।
रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको छ ।
तपाईंको प्रतिकृया




