अनमोल ‘जेरी-२’ मा अनुबन्धित

काठमाडौं । अभिनेता अनमोल केसी चलचित्र ‘जेरी-२’ मा अनुबन्धित भएका छन् । २०७१ कार्तिक २८ गते प्रदर्शनमा आएको फिल्म ‘जेरी’ को सिक्वेलको रूपमा ‘जेरी-२’ निर्माण हुने भएको छ ।

‘जेरी-२ ’ का लागि निर्माता सरोज न्यौपाने, रामकृष्ण श्रेष्ठ र अनमोलबीच लिखित सहमति भएको छ । यो फिल्मका लागि अनमोलले आकर्षक पारिश्रमिक बुझेको जनाइएको छ ।

फिल्मलाई हेमराज बीसीले निर्देशित गर्ने भएका छन् । फिल्म ‘होस्टेल’ बाट हेमराजले निर्देशन र अनमोलले अभिनेताको रुपमा डेब्यू गरेका थिए । यसअघि फिल्म ‘जेरी’ को नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी-२’ मा आना बाहिरिएको बताइएको छ । फिल्ममा नायिका निश्चित भइनसकेको निर्माता न्यौपानेले जानकारी दिए ।

नेपाल, अमेरिका र अस्ट्रेलियामा छायाँकन हुने फिल्मलाई २०८० सालको विजयादशमी (दशैं) मा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । यसअघि अनमोल दुई साताअघि ‘छड्के २’ र गत शुक्रबार सुदर्शन थापाले निर्देशन गर्ने एक अनटाइटल प्रोजेक्ट साइन गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री