चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

चितवन । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीय बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री