एनआइसी एसिया बैंकको एप र वेबसाइट एनटिसीबाट निःशुल्क चलाउन सकिने

काठमाडौँ । एनआइसी एसिया बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ। योसँगै अब एनआइसी एसिया बैंकको मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने छ।

यसअघि एनसेल नेटवर्कमा पनि पनि एनआइसी एसिया बैंक एप्, आइसर्भिस, वेबसाइट तथा इन्टरनेट बैंकिङ जस्ता सुविधा निःशुल्क चलाउन सक्ने व्यवस्था गरेको थियो।

अब एनसेल र एनटिसी दुबै प्रयोगकर्ताले निःशुल्क चलाउन सक्ने भएका हुन्। डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उदेश्यले यो सुविधा ल्याइएको हो।

यी बाहेक अन्य सेवा लिँदा वा डिभाइसको ब्याकग्राउण्ड चल्न सक्ने अन्य एपहरुको हकमा दूरसञ्चार सेवाप्रदायक कम्पनी नियमअनुसार शुल्क लाग्ने कम्पनीले बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस