सेञ्चुरी बैंक र सिद्धार्थ नगरसिटी अस्पतालबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको हो। विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्रदान गर्नेगरी सम्झौता भएको हो।

बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता तथा सम्पूर्ण ग्राहक र बैंकका कर्मचारीलई अस्पतालमा १० प्रतिशतसम्म छुट हुने भएको हो। ओपिडी टिकट, ल्यावशुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड-क्याविनचार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा सिद्धार्थनगर सिटी अस्पतालकातर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरे। सेञ्चुरी बैंकका १४५ शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस