सुर्खेतमा दुई वृद्ध मृत फेला

सुर्खेत । ‍गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै अाएका नाति नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको थिए भने २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने  जंगलमा मृत भेटिएका हुन । मृतकको प्रहरी मुचुल्कापश्चात् शव परीक्षणका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । दुवै जनाको मृत्यु के कारणले भयाे भनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री