बहुमतको बलियो सरकार हरेक हिसाबले असफल: विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको दुई तिहाई बहुमतको बलियो सरकार हरेक हिसाबले असफल भएको वताएकाे छ ।  सरकारको ६ महिने कार्यकाल पुगेकाे दिन आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली सरकारको अर्धवार्षिक परिक्षामा जस्ट पास भएको मिडिया रिपोर्ट आएको तथा उनी यसरी असफल हुनुमा नेतृत्वको समन्वयकारी भूमिकाको अभाव भएको उल्लेख गरे ।  प्रवक्ता शर्माले ‘यो सरकारलाई असफल हुने छुट छैन,’ भने।

प्रधानमन्त्री ओलीले आफू लोकतन्त्रकाे लागि १४ वर्ष जेल जीवन विताएको र अहिलेको सरकार लोकतान्त्रिक निर्वाचन पद्धतिबाट आएको दाबी गरेकाे भएतापनि उनको नेतृत्वमा रहेको सरकारले लोकतान्त्रिक संस्कृति र चरित्र देखाएर संविधानले परिकल्पना गरेको संरचनालाई संस्थागत गर्न नसकेको आरोप समेत लगाए ।

सरकार बनेकाे छ महिना वितीसक्दा पनि अहिलेसम्म जम्मा कर्णाली र गण्डकी गरी दुईवटा प्रदेशले मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगोे लगाउन सकेकाे वताउँदै बाँकीले केहि गर्न नसकेको  उल्लेख गरे ।  शर्माले सरकार कतै संघीयतालाई कमजोर बनाउँदै त्यसको विरुद्धमा जनमत श्रृजना गरी यसलाई असफल बनाउन त लागेको छैन भन्ने आशंका उब्जिएको पनि वताए ।

सुन तस्करी प्रकरणमा ठूला माछा पक्रिने अवस्थामा रहेको दाबी गरिएपनि अहिले योे विषय सेलाएको भन्दै  शर्माले अहिले ठूला माछा भनिएकै समेत उम्किने अवस्था सरकारले नै बनाएको दाबी गरे। जनतालाई समृद्ध नेपाल र सुखी नेपालीकोे नारा बाँडेर निर्वाचन जितेको सरकारले अहिले जनताको दैनिक जनजीवन नै अस्तव्यस्त हुनेगरी मूल्यवृद्धि हुँदा त्यसको नियन्त्रण गर्न ध्यान नदिएको आरोप पनि उनले लगाए।

साउन १५ गते कांग्रेसले गरेको प्रदर्शनमा जनमत देखाएपनि सरकारको राजीनामा नमागेको बताउँदै उनले काल्पनिक उडानमा रहेको ओली सरकारले कुनैपनि प्रसंशनीय जिम्मेवारी पूर्ण कार्य नगरेको वताउँदै विधि र कानुनको शासन स्थापन गर्ने र शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप अघि बढ्ने भन्दा पनि न्यायलयलाई प्रधानमन्त्री ओलीको दोहोरो चरित्रका कारण कार्यकारिणी र व्यवस्थापिकाको लाचार छाँया बनाउने कोशिश गरेको वताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री